कपिलवस्तु । कपिलवस्तुमा बेपत्ता रहेका एक युवकको शव इनारमा फेला परेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर ९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव तीन दिन पछी आज इनारमा डुबेको अवस्था फेला परेको हो ।
श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा कहारको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले बताए । उहाँका अनुसार कहारको शव परीक्षण गर्न शिवराज अस्पताल पठाइएको छ ।