काठमाडौं । मोबाइलमा गेम खेल्न नपाएको भन्दै एक किशोरले आत्महत्या गरेका छन् ।भारतको आर्थिक राजधानी मुम्बईको यो घटना हो । भारतीय प्रहरीका अनुसार १६ वर्षीय किशोर ओम भरतले आमाले मोबाइलमा गेम खेल्न नदिएको झोकमा आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नु अघि त्यि कोशोरले एक सुसाइड नोट लेखेका थिए । उनले आफूलाई घरपरिवारले सधैँ पढ्न मात्र दबाब दिने , अब कहिल्यै नआउने र खोज्ने प्रयास नगर्न साथै आत्महत्या गर्न गएको भन्दै भनेर सुसाइड नोटमा लेखेका थिए ।
यद्यपि त्यि किशोर मोबाइलमा गेम खेलि रहदा आमाले हातबाट मोबाइल खोसेर नपढेको भन्दै गाली गरेको उनकी आमाले पछि दुःखी हुँदै सम्झिन् । त्यि बालकले त्यही रिसको झोकमा सुसाइड नोट लेखेर घरमै छोडेर घर बाट भागेका थिए । पछी आमाले छोराले छाडेको सुसाइड नोट फेला पारिन । त्यो सुसाइड नोट थाहा पाए पछी मृतकको आमाले बालक मर्ने मनसायले निस्किएको थाहा पाइन ।
आमाले सुसाइड नोट पाएपछि लगतै किशोर को परिवारजनले प्रहरी लाई खबर गरेको थियो । केही समयपछि प्रहरीले मलाड र कांदिवली स्टेशनको बीचमा एक शव फेला परेको जानकारी पाए । त्यो शव ओमकै रहेको खुलेको छ ।