काठमाडौं । नुवाकोटको ककनीमा विद्युतीय पोलमा एक जना मान्छे चढेपछि प्रहरी हैरानीमा परेको छ ।
आज बिहानैदेखि त्यहाँको एउटा विद्युतीय पोलमा एक जना मान्छे चढेर तारमा पनि हिड्ने गरिरहेको र प्रहरीले उनलाई फकाएर तारबाट तल झर्न आग्रह गरेको छ ।
यद्यपि उनी अहिले तल झर्न मानेका छैन्न । प्रहरीका अनुसार बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक नाम गरेका व्यक्ति प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेका हुन् । अहिले त्यहाँ मान्छेहरु ठूलो संख्यामा जम्मा भएको जनाईएको छ ।
विक तल नझरे पछी प्राधिकरणले आफ्ना विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो ।