काठमाडौं । जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको छ ।
रुकुमपश्चिम आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हँुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको प्रहरी ले जनाएको छ ।
मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्का रहेका छन् ।
प्रहरीका अनुसार जिप अनियन्त्रित भई भेरी नदीमा खसेको हो ।