काठमाडौं । सर्लाहीमा कार दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
सर्लाहीका छतौनाबाट छठियारको भोज खाएर रौतहटको वृन्दावनको हरैयातर्फ फर्किदै गरेका बीआर ०५ एआर ५१३७ नम्वरको यात्रुहरु सवार कार शनिबार राती १ बजे धनकौल गाउँपालिका वडा नम्बर ५ छठीघाट पुलमा कार दुर्घटनामा परेको प्रहरी ले जनाएको छ ।
दुर्घटनामा रौतहटको वृन्दावन-४ हरैया निवासी ४ वर्षीय गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए ।
दुर्घटनापछि कारका चालक फरार भएकाले उनको खोजी भइरहेको यादवले जानकारी दिए