२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

झापा | झापाको रतुवा खोलामा अविरल वर्षापछि आएको बाढीले जमिन कटान गर्दा १३ घरपरिवार विस्थापित भएका छन् भने २५ घर डुबानमा परेको छ ।

बढीले दमक नगरपालिका–७ रेडक्रस भवन पछाडिको खोला किनार नजिक रहेको बस्तीमा बाढीले कटान गर्दा ती घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । विस्थापत हुनेमा दमक–७ का खड्ग लिम्बू, राजेस किस्कु, विष्णु लिम्बू, मनोज मास्के, सुवास लिम्बू, भारती तामाङ, रामकुमारी लावती, लाक्पा शेर्पा, गोमा तामाङ, डिकबहादुर गुरुङ, सूर्यमान आचार्य, दीपक गुरुङ र विमल किस्कुको परिवार रहेको छ । उनीहरुको घरमा क्षति पुगेकाले नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी सुरक्षित स्थान र आफन्तको घरतर्फ सारिएको जनाइएको छ ।

Vivo Y28
Daraz

त्यस्तै, सोही खोलामा आएको बाढी आज बिहान गौरादह नगरपालिका–६ स्थित टङ्गुवा बस्तीमा पसेको छ । बाढी पसेपछि त्यहाँका २५ घर डुबानमा परेका छन् । बस्तीमा करिब दुई फिट पानी पसे पनि अन्य क्षति नभएको र पानीको सतह विस्तारै क्रमशः घट्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।