विराटनगर । नेपाल अआयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेपछि आज विराटनगरमा यातायात व्यावसायी र मजदुरले चक्काजाम गरेका छन् ।
मूल्य वृद्धिको विरोधमा सार्वजनिक सवारी यातायात मजदुर र सञ्चालकले कोसी राजमार्गको विराटनगरको राजवशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका हुन् । यस्तै देश का विभिन्न स्थान मा मूल्य वृद्धिको विरोधमा प्रदर्शन भैरहेको छ।
नेपाल अआयल निगमले आइतबार रातिबाट पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ ले मूल्य वृद्धि गरेको छ ।