काठमाडौं । नेपाल आयल निगम ले आइतबार विदा गर्दा पेट्रोल खपत ११ प्रतिशतले घटेको जनाएको छ ।
सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले वैशाख महिनामा भन्दा जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जनाएका छन् ।
पत्रकार सम्मेलन मा बोल्दै उनले चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर थियो, वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको भए पनि जेठमा आइतबार बिदा हुँदा ५९ हजार किलोलिटरमा झरेको बताए ।