काठमाडौं । नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई सरकारले निलम्बन गरेको छ ।
आज बसेको मन्त्रीपरिषद को बैठकले उनलाई निलम्बन गरेको हो । गत कात्तिकमा ऊनी अध्यक्ष नियुक्त भएका थिए । पर्यटन मन्त्री को सिफारिस मा ऊनी अध्यक्ष भएका थिए ।
पछिल्लो समय उनको र पर्यटनमन्त्री प्रेमबहादुर आलेको सम्बन्ध राम्रो थिएन । आलेले अधिकारीलाई अश्लिल शब्दले गाली गरेको अडियोसमेत सार्वजनिक भएको थियो ।