२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङ्कङसँग सात विकेटले पराजित भएको हो । नेपालले दिएको १०९ रनको विजयी लक्ष्य पच्छाएको हङकङ्ले १५ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो ।

हङकङको लागि मारिको हिलले सर्वाधिक ४५ रनको योगदान दिइन भने नताषा मिल्सले अविजित २८ तथा कप्तान कारी चानले १७ रन जोडिन । बलिङमा नेपालकी सङ्गीता राईले दुई तथा सीता मगरले एक विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै ३२ रनको योगदान दिइन भने अप्सरी बेगमले अविजित २२ रन बनाइन् ।

Vivo Y28
Daraz

त्यसैगरी बिन्दु रावलले २३ रन जोड्दा सीता मगरले ९ रन जोडिन् । ममता चौधरी ७, कविता जोशी ४, काजल श्रेष्ठ १ तथा इन्दु वर्मा शून्य रनमा आउट भइन् ।

हङकङकी बेट्टी चानले दुई तथा मार्याम बीबी र एलिसा हब्बार्डले समान एक÷एक विकेट झारे । समूह ‘बी’ मा रहेको नेपाल तीन खेलमा छ अङ्क जोड्दै प्रतियोगितामा यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । यसअघि नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो । उक्त च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।