सप्तरी । सप्तरीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ५५ बर्षीया महिलाको घट्नास्थलमै मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले बताए ।
त्यस्तै उक्त दुर्घटना मा परी ११ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको भारदह अस्पतालमा र ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ख १८९८ नम्बरको यात्रुबाहक बस अचानक अनियन्त्रित भएको हो ।
अनियंत्रित भएर सडकभन्दा २० फिट तल खसेर दुर्घटना भएको प्रहरी ले जनाएको छ । दुर्घटनापछि बसका चालक फरार रहेका छन । उनको खोजी कार्य भैरहेको प्रहरी ले जनाएको छ ।