२०८१ कार्तिक ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले मूल्यवृद्धि, लामो समयदेखि संसद्मा अड्किएर बसेको नागरिकता विधेयक र विपद् व्यवस्थापनका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उहाँहरुले नागरिकसँग प्रत्यक्ष जोडिएका ती विषयमा जनधनको सुरक्षा तथा सहज जीवनयापनका लागि उचित कदम चाल्न सभामुखमार्फत सरकारसँग आग्रह गर्नुभयो । उहाँहरुले राजधानी काठमाडौँमै हैजाको बिरामी देखिएको बताउँदै उचित तवरबाट फोहर व्यवस्थापन गर्नसमेत माग गर्नुभएको छ ।

Vivo Y28
Daraz

शून्य समयमा सांसद लालप्रसाद साँवा लिम्बूले विपद् व्यवस्थापन र आपतकालीन उद्धारको पूर्व तयारी कार्यलाइ चुस्त पार्न ध्यानाकर्षण गराउनुभयो । सांसद लालबाबु पण्डितले दुई लाख ५० हजार युवा नागरिकताविहीन भएर पहिचानको खोजीमा रहेको बताउनुभयो । उहाँले नागरिकता विधेयक फाष्ट ट्र्याकबाट पारित गरी नागरिकता वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले सङ्घीय निजामति विधेयक फिर्ता गर्नु सङ्घीयताको मर्म विपरीत भएकाले राज्य व्यवस्थाबाट पारित भएको उक्त विधेयकलाई संसद्मा ल्याई पारित गर्न आग्रह गर्नुभयो । सांसद विनाकुमारी श्रेष्ठले कोही पनि नेपाली नागरिकता लिनबाट वञ्चित नहोस् र कोही पनि विदेशीले नागरिकता नपाओस् भन्नेतर्फ सचेत हुन आग्रह गर्दे भन्नुभयो, “नेपाली छोराछोरी अनागरिक भएर बस्नुपर्ने कहिलेसम्म ।”

उहाँले थप्नुभयो, “नागरिकता नहुँदा बँैक खाता खोल्न पाएका छैनन्, विदेशमा पढ्न जान पाएका छैनन्, विदेशमा काम गर्न जान पाएका छैनन्, वास्तविक नेपाली नागरिकताबाट वञ्चित हुन नपरोस्, छिटो व्यवस्थापन होस् ।” सांसद विशाल भट्टराईले मध्यपहाडी पुष्पलाल लोकमार्गलगायतका सडक सुस्तगतिमा काम भएको भन्दै छिटो अघि बढाउन आग्रह गर्नुभयो ।

सांसद सत्या पहाडीले जाजरकोटलगायत केही स्थानीय पालिकामा बैंकका शाखा नखुल्दा सामाजिक सुरक्षा भत्तासमेत प्राप्त गर्न नसकेको बताउनुभयो । सांसद सरिता न्यौपानेले उपत्यकाको फोहरमैला व्यवस्थापनमा जोड दिनुभयो । सांसद विनादेवी बुढाथोकीले काठमाडैँमा हैजाका बिरामी देखिएको भन्दै फोहर व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

सांसद लक्ष्मीकुमारी चौधरीले मूल्यवृद्धिले हातमुख जोर्न धौधौ भइरहेका बेला रुस र युक्रेनको युद्धलाई दोष थोपरेर पन्छिन नपाउने बताउँनुभयो । उहाँले नागकिरता विधेयक छिटो सदनमा ल्याउन माग गर्नुभयो । सांसद लक्ष्मी परियारले बाढीपहिरो बढ्दो क्रममा रहेकाले विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटेर नागरिकलाई सरकार भएको अनुभूति दिलाउन अनुरोध गर्नुभयो । सुजाता परियारले मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्नुभयो ।

सांसद हीरा गुरुङले महंगीले ढाड सेकिसक्यो, नागरिकलाई सास्ती कति दिने हो भनेर प्रश्न गर्नुभयो । उहाँले बजारमा मनोमानी दरभाउ बढ्दो रहँदा पनि सरकार मौन बसेको आरोपसमेत लगाउनुभयो ।

शून्य समयमा सांसदहरु समिना हुसेन, लालबहादुर थापा, विन्दा पाण्डे, सीताराम मेहता, विमला विश्वकर्मा, शरिताकुमारी गिरी, सत्यनारायण शर्मा खनाल, सूर्यनारायण यादव र सञ्जयकुमार गौतमलगायतले धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।