२०८१ कार्तिक ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १० लाख १२ हजार जरिवाना ठहर भएपछि फरार रहेका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले विसं २०७८ चैत ७ गतेको फैसलाअनुसार चार दिन कैद सजाया र बिगोबमोजिम रु १० लाख १२ हजार जरिवाना ठहर भएका रामेछाप लिखु गाउँपालिका घर भई काठमाडौँको कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्कालाई पक्राउ गरी बिहिवार सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले खड्काले आफ्नो प्रभु बैंक लिमिटेड कोटेश्वर शाखाको खातामा पर्याप्त मौज्दात रकम नहुँदानहुँदै चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकाले अदालतको आदेशअनुसार कोटेश्वरबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

Vivo Y28
Daraz

पक्राउ खड्कालाई उच्च अदालतले बैंकिङ कसुर तथा सजाया ऐन २०६४ बमोजिम कैद तथा जरिवना हुने फैसला सुनाएको थियो । प्रहरीले पक्राउ खड्कालाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।