२०८१ कार्तिक ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

पर्सा । पर्सा जिल्ला प्रशासन कार्यालयले अनलाइनमार्फत राष्ट्रिय परिचय पत्र विवरण गर्न हेल्पडेक्स स्थापना गरेको छ ।

हेल्पडेक्समार्फत सेवाग्राहीका लागी निःशुल्क रुपमा राष्ट्रिय परिचय पत्रका लगि विवरण भर्ने कार्य प्रारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । विवरण फारम भर्न सेवाग्राहीबाट अस्वभाविकरुपमा शुल्क लिइ साइबर कप्युटर र स्टेशनरी पसलहरुले अनलाइन फारम भरेको गुनासो आएपछि प्रशासनले यस्तो काम थालेको हो ।

Vivo Y28
Daraz

जिप्रकाको कोठा नम्बर ७ बाट निःशुल्करुपमा अनलाइन फारम भर्ने व्यवस्था पनि मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो । कार्यालयद्धारा जारी सूचनामा शुल्क लिएर कुनै स्टेशनरी तथा साइबर पसलहरुलाई राष्ट्रिय परिचय पत्रका लागि अनलाइन फारम नभर्न÷नभराउन पनि आग्रह गरिएको छ । सूचनाविपरीत कसैले शुल्क लिएर अनलाइन फारम भरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने पनि उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।