काठमाडौं । शहरी बिकास मन्त्री मेटमणी चौधरी ले पदभार ग्रहण गरेका छन् । उनले आज केहिसमय अगाडि मन्त्रालय मा पुगेर पदभार ग्रहण गरेका हुन ।
पदभार ग्रहण गर्दै उनले कुर्सीको दूरुपयोग गर्ने कुरा सोच्न समेत नसक्ने बताएका छन्। उनले भने ‘मैले पदमा रहँदासम्म इमानदारिताका साथ, मेरो योग्यता र क्षमताको आधारमा अगाडि बढ्छु’ ।
मन्त्री चौधरीले होण्डा र स्पोर्टस् मोटरसाइकलको गति एउटै नहुने भन्दै आफ्नो कामको गति पनि सबैभन्दा स्पीडमा हुने दाबी गरेका हुन् ।