काठमाडौं । सेयर बजार आज फेरि ओरालो लागेको छ ।आइतबार ९४.९२ अंकले बढेको सेयर बजारको वृद्धि एक दिन नतिकेर आज ओरालो लागेको हो । आज बजार परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ को बिन्दुमा झरेको छ । कुल कारोबार रकम आइतबारको भन्दा घटेर २ अर्ब ४ करोड ४८ लाखमा सीमित भएको हो ।
कुल २२९ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा सोमबार जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य ओरालो लागेको छ ।
सोमबार ४३ हजार १२२ कारोबार मार्फत ५६ लाख ४१ हजार कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री भएको हो ।