२०८१ कार्तिक ५ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका सहित देशभर राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । तिनाउ गाउँपालिकाको कृषि विकास शाखा द्वारा आयोजित “धान बालीमा जैविक विविधता उपयोग, आयात प्रतिस्थापनमा सहयोग” भन्ने मुल नाराका साथ १९ औ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०७९ मनाइएको हो ।

उक्त महोत्सवमा गाउँपालिका का अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा, प्रमुख प्रसाशकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, गाउँपालिकाको वडा नं २ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता यादव प्रसाद अर्याल जनप्रतिनिधि लगायत पालिकाका सम्पुर्ण कर्मचारी तथा १०० को सङ्ख्यामा कृषकहरुको उपस्थिति रहेको थियो। राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव तिनाउ गाउँपालिका वडा नं २ दोभान गाउँपालिकाको कार्यालय नजिक रहेको खेतमा मनाइएको हो।

Vivo Y28
Daraz

तिनाउ गाउँपालिकाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ऊनी सहित उपाध्यक्ष थापा, प्रमुख प्रसाशकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, वडा नं २ का अध्यक्ष यादव प्रसाद अर्याल धान दिवसको शुभकामना मन्तव्य राख्नु भएको थियो भने कृषि विकास शाखा प्रमुख हेमन्त कुमार शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो।

गाउँपालिका अध्यक्ष श्री प्रेम श्रेष्ठ ज्युको शुभकामना आदानप्रदान लगत्तै उहाँकै हातबाट धान रोपाइँ कार्यक्रम शुभारम्भ भएको थियो। कार्यक्रमको संचालन कृषि ना प्रा स बिरेन्द्र प्रसाद साहले गर्नु भएको थियो।
फोटो – दैनिकमाण्डु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।