२०८१ कार्तिक ५ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कृषकलाई तत्काल रासायनिक मलको व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्नुभएको छ । नेता पौडेलले राष्ट्रिय धान दिवसको अवसर पारेर आज कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवलाई भेटेर किसानलाई तत्काल रासायनिक मलको व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो ।

“मानो रोपेर मुरी फलाउने समयमा किसानले रासायनिक मल पाउन सकेका छैनन्, यो कृषिप्रधान देशका लागि दुःखको कुरा हो, कृषि क्षेत्रको उत्पादन बढाउन तत्काल मल उपलब्ध गराउनुपर्छ”, नेता पौडेलले भन्नुभयो ।

Vivo Y28
Daraz

भेटमा मन्त्री यादवले किसानलाई सहजरूपमा रासायनिक मल उपलब्ध गराउन सरकारले काम गरिरहेको बताउनुभयो । “अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढेको छ, नेपालले भारतसँग मलका लागि जुन सम्झौता ग¥यो, सोहीअनुसार मल प्राप्त नहुँदा मल आयातमा समस्या भएको हो”, उहाँले भन्नुभयो । मन्त्री यादवले असार मसान्तसम्म ७६ हजार मेट्रिकटन रासायनिक मल आउनेसमेत बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।