२०८१ कार्तिक ५ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

भक्तपुर | पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको मिर्गाैला प्रत्यारोपण सफल भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा पहिलो पटक उपत्यका बाहिर सो अस्पतालमा हालै मिर्गाैला प्रत्यारोपण गरिएको थियो । उक्त अस्पतालमा ५१ वर्षीय यमकुमारी पौडेललाई उहाँकै श्रीमान् ५३ वर्षीय केशव पौडेलले मिर्गौला दान गरेपछि भएको अङ्ग प्रत्यारोपण सफल भई बिरामी घर पठाइएको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

केन्द्रका शल्यचिकित्सक प्राडा राकेशकुमार बर्मा, डा दिपेश श्रेष्ठ, डा रोजन अधिकारी, एनेस्थेसियोलोजिष्ट डा आरती राई, डा सोभित थापा, नेफ्रोलोजिष्ट डा कल्पनाकुमारी श्रेष्ठ र डा लुसन सिं, रेडियोलोजिष्ट डा कृष्ण बुढाथोकी र पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाका चिकित्सक एवं प्राविधिक टोली मिर्गौला प्रत्यारोपण सम्लग्न हुनुहुन्थ्यो ।

Vivo Y28
Daraz

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।