२०८१ श्रावण १२ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज साम्पाङले आफ्नो कार्यकक्षमा तोडफोड गर्ने दुई जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र समितिका प्रवक्ता प्रदिप बाँस्तोलाविरुद्ध जाहेरी दिएको बताइएको छ ।

बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडित संघर्ष समितिले आइतबार नगरप्रमुख साम्पाङविरुद्ध नाराबाजी गर्दै कार्यकक्षको सिसा समेत तोडफोड गरेका थिए । वार्ताको लागि तयारी भइरहेको बेला नगर प्रमुख साम्पाङले ‘मलाई सोधेर रकम राखेको हो ?’ भनेपछि आक्रोसित पीडितहरुले कार्यकक्षमा तोडफोड गरेका थिए ।

उनीहरुलाई पक्राउ गर्नका लागि अदालतबाट पूर्जी लिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।